नागरिक वडापत्र
नागरिक वडापत्रको प्रकार
| सि.नं. | सेवाको विवरण | कागजातहरु | प्रक्रियाहरु | |||||||
|---|---|---|---|---|---|---|---|---|---|---|
| 1 |
नयाँ नागरिकता(वंशज) |
|||||||||
|
१. स्थानीय निकायको सिफारिस सहितको अनुसूची -१ २. जन्मदर्ता / जन्म प्रमाणित ३. बुबा र आमाको नागरिकताको प्रमाणपत्र ४. शैक्षिक प्रमाणपत्र ५. आवश्यकता अनुसार वडा सर्जमिन, प्रहरी सर्जमिन, नाता प्रमाणित, बसाइसराई दर्ता प्रमाण पत्र वा अन्य प्रमाणित तथा सिफारीसहरु ६. अन्य जिल्लाको ना.प्र.प. पेश भएको भए अभिलेख रुजु हुनुपर्ने । ७. २ प्रति फोटो (फोटो वडा कार्यालयबाट अनुसूचीमा टाँस गरी प्रमाणित गरेको जस्तै हुनुपर्ने) विवाहित महिलाको हकमा थप १. विवाहदर्ता / विवाह प्रमाणित २. पतिको नागरिकता प्रमाणपत्र ३. अन्य जिल्लाका विवाहित महिलाको हकमा निजको वंशज खुल्ने बाबु वा आमा वा दाजू वा भाईको ना.प्र.प. अभिलेख रुजु हुनु पर्ने । |
१. कागजात रुजू , नागरिकताको अभिलेख बुझ्नुपर्ने भए अभिलेख रुजु हुनुपर्ने । - सम्बन्धित शाखाबाट(कोठा नं २) २. सनाखत गराउने - सम्बन्धित शाखाबाट(कोठा नं २) ३. कार्यालय प्रमुखबाट निर्णय तथा सदर - कार्यालय प्रमुख कक्ष (कोठा नं १) ४. कम्प्युटर शाखा- नागरिकता entry/प्रविष्ट गर्ने तथा प्रिन्ट गर्ने ५. अभिलेख तयार - सम्बन्धित शाखाबाट(कोठा नं २) ६. कार्यालय प्रमुखबाट प्रमाणित - कार्यालय प्रमुख कक्ष (कोठा नं १) ७. छाप तथा होलोग्राम - सम्बन्धित शाखाबाट(कोठा नं २)
नागरिकता सम्बन्धी केही जिज्ञासा र समाधान हेर्नुहोस् |
||||||||
| 2 |
नागरिकता प्रतिलिपी |
|||||||||
|
नागरिकताको प्रतिलिपी लिन पेश गर्नुपर्ने :(सामन्य अवस्था)वडा कार्यालयको अनुसूची सिफारिसनागरिकताको प्रमाणआवश्यक परेमा वडा सर्जमिन, प्रहरी सर्जमिन वा किटानी सिफारिस/प्रमाणितपतिको नाम, थर , वतन कायम गरी प्रतिलिपी लिन थप संलग्न गर्नुपर्ने विवाह दर्ता प्रमाण-पत्र/ विवाह प्रमाणितकिटानी सिफारिससनाखत गर्ने व्यक्ति र नागरिकता प्रमाण पत्र पतिको नाम, थर , वतन हटाई प्रतिलिपी लिन थप संलग्न गर्नुपर्ने अदालतको फैसलासम्बन्ध विच्छेदको प्रमाणपत्र सनाखत गर्ने व्यक्ति र नागरिकता प्रमाण पत्रपहिलो पतिको नाम, थर , वतन हटाई दोस्रो पतिको नाम, थर , वतन कायम गरी प्रतिलिपी लिन थप संलग्न गर्नुपर्ने पहिलो पति सँगको सम्बन्ध विच्छेद भएको अदालतको फैसलासम्बन्ध विच्छेदको प्रमाणपत्रदोस्रो पतिसँगको विवाह दर्ता प्रमाण-पत्रपतिको नागरिकता प्रमाण पत्रसनाखत गर्ने व्यक्ति र नागरिकता प्रमाण पत्र |
|
||||||||
| 3 |
राहदानी |
|||||||||
|
साधारण राहदानी हाल संखुवासभा जिल्लामा जिल्ला प्रशासन कार्यालय, खाँदवारी संखुवासभामा मात्र e-passport को सेवा सुचारु रहेकाले यस कार्यालयको कार्यक्षेत्र भित्र रहनुभएका सेवाग्राहीहरुलाई निम्न कागजात सहित जिल्ला प्रशासन कार्यालय, खाँदवारी संखुवासभामा जानुहुन अनुरोध छ । यस कार्यालयबाट सेवा सुचारु हुने वित्तिकै सूचना गरिने समेत जानकरी गराइएको छ । कागजात १. नेपाली नागरिकताको प्रमाण-पत्र सक्कलै २. राष्ट्रिय परिचयपत्र ३. Online Form भर्ने सेन्टरमा Online फारम भरेर जानुपर्ने छ । द्रुत राहदानी सिफारिस राष्ट्रिय परिचयपत्र र सक्कल नागरिकता , यस अघि MRP बनाएको छ भने सक्कलै MRP लिएर सिधै राहदानी विभाग काठमाडौं जान सकिन्छ । कुनै किसिमको सिफारिस आवश्यक पर्दैन । तर नावालकको हकमा काठमाडौं गएर राहदानी बनाउन परेमा यस कार्यालयबाट सिफारिस लिई जानुपेर्नेछ । राहदानी नविकरण Online Form भरी नागरिकता प्रमाणपत्रको फोटोकपी, राष्ट्रिय परिचयपत्र, सक्कल राहदानी सहित जिल्ला प्रशासन कार्यालय, खाँदवारी संखुवासभामा जाने । वा, Online Form भरी नागरिकता प्रमाणपत्रको फोटोकपी, राष्ट्रिय परिचयपत्र, सक्कल राहदानी सहित राहदानी विभाग काठमाडौंमा जाने । राहदानी हराएकोमा Online Form भरी नागरिकता प्रमाणपत्रको फोटोकपी, राष्ट्रिय परिचयपत्र सहित जिल्ला प्रशासन कार्यालय, खाँदवारी संखुवासभामा जाने । वा, Online Form भरी नागरिकता प्रमाणपत्रको फोटोकपी, राष्ट्रिय परिचयपत्र सहित राहदानी विभाग काठमाडौंमा जाने । राहदानी वितरण तयार भई आएको राहदानी लिन : १. सम्बन्धित व्यक्तिले सक्कल नागरिकता, बैक भौचर लिएर आउने २. सम्बन्धित व्यक्ति उपस्थित हुन नसकेमा एकाघरका सदस्यको नागरिकता सहित मन्जुरीनामा पत्र |
तल संलग्न कागजातमा प्रक्रिया सम्बन्धी जानकारी भएको फाेटाे राखिएको छ । हेर्नुहोला । |
||||||||
| 4 |
नावालक परिचयपत्र |
|||||||||
|
१. वडा कार्यालयको सिफारिस(तोकिएको ढाँचामा- तल फाइल राखिएको छ ) २. बुबा/ आमाको सक्कल नागरिकता प्र.प. र सो को फोटोकपी १/१ प्रति ३. जन्मदर्ता प्रमाणपत्र ४. बाबु आमाको विवाहदर्ता प्र.प. ५. सनाखत गर्ने व्यक्ति र निजको सक्कल ना.प्र.प/फोटोकपी १ प्रति ६. आवश्यकता अनुसार नाता प्रमाणित ७. ५ प्रति फोटो ८. सम्बन्धित व्यक्ति स्वयं उपस्थित हुनुपर्ने |
कागजात रुजु - सम्बन्धित शाखाबाट सनाखत गराउने - सम्बन्धित शाखाबाट निर्णय/सदर - कार्यालय प्रमुखबाट परिचयपत्र प्रिन्ट - कम्प्युटर शाखाबाट अभिलेख तयार - सम्बन्धित शाखाबाट प्रमाणित - कार्यालय प्रमुखबाट छाप लगाउने - दर्ता चलानी वा सम्बन्धित शाखाबाट |
||||||||
| 5 |
प्रशासन |
|||||||||
|
आदिवासी जनजाती, दलित, खस आर्य, मधेसी आदि प्रमाणित १. नेपाली नागरिकताको प्रमाण पत्र २. सम्वन्धित वडा कार्यालयको सिफारिस ३. निवेदन विवाह दर्ता प्रमाण पत्र, बसाईसराई प्रमाणपत्र आदि आवश्यकता अनुसार समावेश गर्ने । फरक नाम, थर, जन्ममिति, आदि प्रमाणित १. नागरिकता प्रमाणपत्र २. जुन जुन कागजातमा फरक परेकाे हाे ति कागजातकाे फाेटाेकपी ३. निवेदन ४. वडा कार्यालयकाे सिफारिस पत्र संघ संस्था नविकरण (इलाका प्रशासन कार्यालयमा पनि हुने ।) १. सम्बन्धित संस्थाको नविकरण गर्ने सम्बन्धी पत्र वा निवेदन २. गाउँपालिका वा नगरपालिकाको सिफारिस पत्र ३. लेखा परीक्षण प्रतिवेदन सक्कलै ४. साधारण सभा वा आमभेलाको निर्णय ५. वार्षिक कार्यप्रगति प्रतिवेदन ६. घरभाडामा लिएको भए सम्झौता पत्र, घरधनीको ना.प्र.प र ज.ध. प्रमाणपूर्जा ७. संस्था दर्ताको प्रमाण पत्र / फोटोकपी -१ ८. कार्यसमितिका पदाधिकारी तथा सदस्यको नामावली, परिवर्तन भएको भए नागरिकता प्रमाण पत्र ९. कर चुक्ताको प्रमाण पत्र १०. स्थायी लेखा नम्बर दर्ता प्रमाण पत्र संस्थाको विधान संशोधनका लागि पेश गर्ने कागजातहरु(प्रमूख जिल्ला अधिकारी समक्ष पेश गर्नुपर्ने) संशोधित विधान स्विकृत गरिपाउँ भनी रित पूर्वकको निवेदन । तीन महले विधान -३ (तीन) प्रति । नविकरण भएको संस्थाको प्रमाण पत्र र सो को फोटोकपि । संशोधन गर्ने प्रस्ताव कूल सदस्य संख्याको दुई तिहाई (२/३) साधारण सभा सदस्यहरुले पारित गरेको प्रमाणित निर्णय प्रति । जिल्ला प्रशसन कार्यालयले स्विकृत गरेको संस्थाको विधानको प्रमाणित प्रतिलिपि । संशोधित विधानको युनिकोडमा टाईप गरी सो को softcopy पनि पेश गर्ने । नोट : तीन महलेको शुरु पेजको माथी दस्तखत नगर्ने र शुरु पेजको तलबाट दस्तखत गरी बाँकी पेजको तल र माथि कार्य समितिका सदस्यहरुको सही गरेको हुनुपर्ने । |
१. तोकिएका कागजात सहित फायल तयार गरी पेश गर्ने २. बैंकमा राजश्व जम्मा गरि भौचर पेश गर्ने ३. कार्यालय प्रमूखबाट सहि ४. छाप ५. प्रमाणपत्रको फोटोकपी गरि फायलमा Attach गर्ने |
||||||||
| 6 |
राष्ट्रिय परिचयपत्र (नयाँ दर्ता र सच्याउने) |
|||||||||
|
- सक्कल नागरिकता प्रमाणपत्र- विवाहितको हकमा विवाहदर्ता प्रमाण पत्र / विवाह प्रमाणित वा नाता प्रमाणित वा श्रीमान् श्रीमतीको नाता खुल्ने सरकारी कागजात - वसाइसराइको हकमा बसाइसराइ दर्ताको प्रमाणपत्र- एकल महिला वा एकल पुरुषको हकमा सम्बन्ध विच्छेदको प्रमाणपत्र वा मृत्युदर्ताको प्रमाणपत्र वा मृत्यु प्रमाणित पत्र -आवश्यकता अनुसार अन्य सिफारिस तथा प्रमाणित कागजातहरु |
१. Online form भरेर त्यसको Print लिएर Biometric को लागि कार्यालयमा आउने . Online form भर्न यो Link मा click गर्नुहाेस् । http://www.nidmc.gov.np/PreEnrollment/ वा २. सिधै कार्यालयमा आएर आवेदन Form भरी पेश गर्नुहोस् । ३. कार्ड नबनिसकेको कुनै पनि राष्ट्रिय परिचयपत्रको विवरण सच्याउनु परेमा आवश्यक प्रमाण सहित कार्यालयमा सम्बन्धित व्यक्ती उपस्थित भई विवरण सच्याउन सकिनेछ । |
||||||||
| 7 |
राष्ट्रिय परिचयपत्र (कार्ड वितरण, प्रतिलिपी र गुनासो) |
|||||||||
|
पहिले परिचयपत्र बनाउँदा दिएको फोटो सहितको भर्पाइसक्कलै नागरिकता |
|
||||||||
