Accessibility Mode सुरु गर्नुहोस्
मुख्य सामाग्री पढ्नुहाेस् मुख्य नेभिगेसन पढ्नुहाेस् वेबसाइट खोजमा जानुहोस् वेबसाइट खोजमा जानुहोस्
Government of Nepal Logo
सोमबार, भाद्र ८, २०८३

पहुँचयोग्यता मेनु

Website Language (भाषा)

You're viewing the website in Nepali Language. हालको भाषा नेपाली हो

Change to English

फन्ट साइज (अक्षरको आकार)

रङ्ग मोड/फिल्टर

प्रोटानोपिया (रातो कमजोरीका लागि), ड्युटेरानोपिया (हरियो कमजोरीका लागि), ट्राइटानोपिया (निलो कमजोरीका लागि)। थप पढ्नुहोस

ब्यान्डविथ

न्युन व्यान्डविथ मोडमा तस्विर तथा फाइल लोड नहुँदा मोबाइल डाटा कम खपत हुन्छ साथै वेबसाइट चाँडो लोड हुन्छ न्यून व्यान्डविथ

थप सुबिधा

पहुँचयोग्य मोड वेबसाइटको डिजाइन भन्दा सामग्री सहज/पहुँचयोग्य तवरले ग्रहण गर्ने विषयमा केन्द्रित हुन्छ

शुल्क

संघ संस्था नविकरणका लागि 

श्रावण देखी असोज मसान्त सम्म - रु. ५००।-(नविकरण दस्तुर)

कार्तिक देखि पुष मसान्त सम्म - जरिवाना रु.१००।- समेत रु. ६५०।- 

माघ देखि असार मसान्त सम्म - जरिवाना रु.२५०।- समेत रु. ७५०।- 

प्रत्येक वर्षको लागि जरिवाना रु. १०००।- समेत रु. १५००।-



लाग्ने समय

सबै कागजात तथा प्रक्रिया पुगेर आए सोही दिन । 

कागजातहरु

आदिवासी जनजाती, दलित, खस आर्य, मधेसी आदि प्रमाणित 

१. नेपाली नागरिकताको प्रमाण पत्र 

२. सम्वन्धित वडा कार्यालयको सिफारिस 

३. निवेदन

विवाह दर्ता प्रमाण पत्र, बसाईसराई प्रमाणपत्र आदि आवश्यकता अनुसार समावेश गर्ने । 

फरक नाम, थर, जन्ममिति, आदि प्रमाणित

१. नागरिकता प्रमाणपत्र 

२. जुन जुन कागजातमा फरक परेकाे हाे ति कागजातकाे फाेटाेकपी

३. निवेदन

४. वडा कार्यालयकाे सिफारिस पत्र 

संघ संस्था नविकरण  (इलाका प्रशासन कार्यालयमा पनि हुने ।) 

१. सम्बन्धित संस्थाको नविकरण गर्ने सम्बन्धी पत्र वा निवेदन 

२. गाउँपालिका वा नगरपालिकाको सिफारिस पत्र 

३. लेखा परीक्षण प्रतिवेदन सक्कलै 

४. साधारण सभा वा आमभेलाको निर्णय

५. वार्षिक कार्यप्रगति प्रतिवेदन

६. घरभाडामा लिएको भए सम्झौता पत्र, घरधनीको ना.प्र.प र ज.ध. प्रमाणपूर्जा 

७. संस्था दर्ताको प्रमाण पत्र / फोटोकपी -१

८. कार्यसमितिका पदाधिकारी तथा सदस्यको  नामावली, परिवर्तन भएको भए नागरिकता प्रमाण पत्र 

९. कर चुक्ताको प्रमाण पत्र 

१०. स्थायी लेखा नम्बर दर्ता प्रमाण पत्र 

संस्थाको विधान संशोधनका लागि पेश गर्ने कागजातहरु(प्रमूख जिल्ला अधिकारी समक्ष पेश गर्नुपर्ने)

  1. संशोधित विधान स्विकृत गरिपाउँ भनी रित पूर्वकको निवेदन ।
  2. तीन महले विधान -३ (तीन) प्रति ।
  3. नविकरण भएको संस्थाको प्रमाण पत्र र सो को फोटोकपि ।
  4. संशोधन गर्ने प्रस्ताव कूल सदस्य संख्याको दुई तिहाई (२/३) साधारण सभा सदस्यहरुले पारित गरेको प्रमाणित निर्णय प्रति ।
  5. जिल्ला प्रशसन कार्यालयले स्विकृत गरेको संस्थाको विधानको प्रमाणित प्रतिलिपि ।
  6. संशोधित विधानको युनिकोडमा टाईप गरी सो को softcopy पनि पेश गर्ने ।

नोट : तीन महलेको शुरु पेजको माथी दस्तखत नगर्ने र शुरु पेजको तलबाट दस्तखत गरी बाँकी पेजको तल र माथि कार्य समितिका सदस्यहरुको सही गरेको हुनुपर्ने ।



प्रक्रियाहरु

१. तोकिएका कागजात सहित फायल तयार गरी पेश गर्ने

२. बैंकमा राजश्व जम्मा गरि भौचर पेश गर्ने

३. कार्यालय प्रमूखबाट सहि 

४. छाप 

५. प्रमाणपत्रको फोटोकपी गरि फायलमा Attach गर्ने

जिम्मेवार कर्मचारी/शाखा
बिनोद पराजुली -

प्रशासन
(कोठा नं - २)

पछिल्लो अपडेट गरिएको : 2083-05-02 13:54:04

© सर्वाधिकार सुरक्षित ईलाका प्रशासन कार्यालय चैनपुर,संखुवासभा