Accessibility Mode सुरु गर्नुहोस्
मुख्य सामाग्री पढ्नुहाेस् मुख्य नेभिगेसन पढ्नुहाेस् वेबसाइट खोजमा जानुहोस् वेबसाइट खोजमा जानुहोस्
Government of Nepal Logo
सोमबार, भाद्र ८, २०८३

पहुँचयोग्यता मेनु

Website Language (भाषा)

You're viewing the website in Nepali Language. हालको भाषा नेपाली हो

Change to English

फन्ट साइज (अक्षरको आकार)

रङ्ग मोड/फिल्टर

प्रोटानोपिया (रातो कमजोरीका लागि), ड्युटेरानोपिया (हरियो कमजोरीका लागि), ट्राइटानोपिया (निलो कमजोरीका लागि)। थप पढ्नुहोस

ब्यान्डविथ

न्युन व्यान्डविथ मोडमा तस्विर तथा फाइल लोड नहुँदा मोबाइल डाटा कम खपत हुन्छ साथै वेबसाइट चाँडो लोड हुन्छ न्यून व्यान्डविथ

थप सुबिधा

पहुँचयोग्य मोड वेबसाइटको डिजाइन भन्दा सामग्री सहज/पहुँचयोग्य तवरले ग्रहण गर्ने विषयमा केन्द्रित हुन्छ

शुल्क

नावालककाे लागि - रू२५००।- दुइ हजार पाँच सय मात्र । 

साधारण राहदानी तथा राहदानी नविकरण - रु. ५०००।- रुपैया पाँच हजार मात्र । 

काठमाडाै गइ राहदानी बनाउदा  - (राहदानी दस्तुर राहदानी विभागले तोकेको अनुसार)

राहदानी हराएको - १०,०००।- रुपैया दश हजार मात्र । 

नावालकको हकमा द्रुत सिफारिस  : रु. १० को हुलाक टिकट / नावालक परिचयपत्र बनाएको हुनुपर्नेछ । 



लाग्ने समय

कागजातहरु

साधारण राहदानी 

हाल संखुवासभा जिल्लामा जिल्ला प्रशासन कार्यालय, खाँदवारी संखुवासभामा मात्र e-passport को सेवा सुचारु रहेकाले यस कार्यालयको कार्यक्षेत्र भित्र रहनुभएका सेवाग्राहीहरुलाई निम्न कागजात सहित जिल्ला प्रशासन कार्यालय, खाँदवारी संखुवासभामा जानुहुन अनुरोध छ । यस कार्यालयबाट सेवा सुचारु हुने वित्तिकै सूचना गरिने समेत जानकरी गराइएको छ । 

कागजात 

१. नेपाली नागरिकताको प्रमाण-पत्र सक्कलै 

२. राष्ट्रिय परिचयपत्र 

३. Online Form भर्ने सेन्टरमा  Online फारम भरेर जानुपर्ने छ । 

द्रुत राहदानी सिफारिस 

राष्ट्रिय परिचयपत्र र सक्कल नागरिकता , यस अघि MRP बनाएको छ भने सक्कलै MRP लिएर सिधै  राहदानी विभाग काठमाडौं जान सकिन्छ । कुनै किसिमको सिफारिस आवश्यक पर्दैन । 

तर नावालकको हकमा काठमाडौं गएर राहदानी बनाउन परेमा यस कार्यालयबाट सिफारिस लिई जानुपेर्नेछ ।  

राहदानी नविकरण 

Online Form भरी नागरिकता प्रमाणपत्रको फोटोकपी, राष्ट्रिय परिचयपत्र, सक्कल राहदानी सहित जिल्ला प्रशासन कार्यालय, खाँदवारी संखुवासभामा जाने ।

वा, Online Form भरी नागरिकता प्रमाणपत्रको फोटोकपी, राष्ट्रिय परिचयपत्र, सक्कल राहदानी सहित राहदानी विभाग काठमाडौंमा जाने ।

राहदानी हराएकोमा 

Online Form भरी नागरिकता प्रमाणपत्रको फोटोकपी, राष्ट्रिय परिचयपत्र सहित जिल्ला प्रशासन कार्यालय, खाँदवारी संखुवासभामा जाने ।

वा, Online Form भरी नागरिकता प्रमाणपत्रको फोटोकपी, राष्ट्रिय परिचयपत्र सहित राहदानी विभाग काठमाडौंमा जाने ।

राहदानी वितरण

तयार भई आएको राहदानी लिन : 

१. सम्बन्धित व्यक्तिले सक्कल नागरिकता, बै‌क भौचर लिएर आउने 

२. सम्बन्धित व्यक्ति उपस्थित हुन नसकेमा एकाघरका सदस्यको नागरिकता सहित मन्जुरीनामा पत्र 



प्रक्रियाहरु

तल संलग्न कागजातमा प्रक्रिया सम्बन्धी जानकारी भएको फाेटाे राखिएको छ । हेर्नुहोला । 

जिम्मेवार कर्मचारी/शाखा
सुदिप खनाल -

राहदानी शाखा
(कोठा नं - ३)

फाईलको नाम डाउनलोड
Image.jpg

पछिल्लो अपडेट गरिएको : 2083-05-02 13:54:04

© सर्वाधिकार सुरक्षित ईलाका प्रशासन कार्यालय चैनपुर,संखुवासभा