Accessibility Mode सुरु गर्नुहोस्
मुख्य सामाग्री पढ्नुहाेस् मुख्य नेभिगेसन पढ्नुहाेस् वेबसाइट खोजमा जानुहोस् वेबसाइट खोजमा जानुहोस्
Government of Nepal Logo
सोमबार, भाद्र ८, २०८३

पहुँचयोग्यता मेनु

Website Language (भाषा)

You're viewing the website in Nepali Language. हालको भाषा नेपाली हो

Change to English

फन्ट साइज (अक्षरको आकार)

रङ्ग मोड/फिल्टर

प्रोटानोपिया (रातो कमजोरीका लागि), ड्युटेरानोपिया (हरियो कमजोरीका लागि), ट्राइटानोपिया (निलो कमजोरीका लागि)। थप पढ्नुहोस

ब्यान्डविथ

न्युन व्यान्डविथ मोडमा तस्विर तथा फाइल लोड नहुँदा मोबाइल डाटा कम खपत हुन्छ साथै वेबसाइट चाँडो लोड हुन्छ न्यून व्यान्डविथ

थप सुबिधा

पहुँचयोग्य मोड वेबसाइटको डिजाइन भन्दा सामग्री सहज/पहुँचयोग्य तवरले ग्रहण गर्ने विषयमा केन्द्रित हुन्छ

नयाँ नागरिकता(वंशज)

शुल्क

रु. १०।-  को टिकट



लाग्ने समय

कागजात/प्रक्रिया पुगेर आएको भए त्यसै दिन । 

कागजातहरु

१. स्थानीय निकायको सिफारिस सहितको अनुसूची -१

२. जन्मदर्ता / जन्म प्रमाणित

३. बुबा र आमाको नागरिकताको प्रमाणपत्र

४. शैक्षिक प्रमाणपत्र

५. आवश्यकता अनुसार वडा सर्जमिन, प्रहरी सर्जमिन, नाता प्रमाणित, बसाइसराई दर्ता प्रमाण पत्र वा अन्य प्रमाणित तथा सिफारीसहरु 

६. अन्य जिल्लाको ना.प्र.प. पेश भएको भए अभिलेख रुजु हुनुपर्ने । 

७. २ प्रति फोटो (फोटो वडा कार्यालयबाट अनुसूचीमा टाँस गरी प्रमाणित गरेको जस्तै हुनुपर्ने)

विवाहित महिलाको हकमा  थप

१. विवाहदर्ता / विवाह प्रमाणित 

२. पतिको नागरिकता प्रमाणपत्र 

३. अन्य जिल्लाका विवाहित महिलाको हकमा निजको वंशज खुल्ने बाबु वा आमा वा दाजू वा भाईको ना.प्र.प. अभिलेख रुजु हुनु पर्ने । 

 

 



प्रक्रियाहरु

१. कागजात रुजू , नागरिकताको अभिलेख बुझ्नुपर्ने भए अभिलेख रुजु हुनुपर्ने । - सम्बन्धित शाखाबाट(कोठा नं २)

२. सनाखत गराउने - सम्बन्धित शाखाबाट(कोठा नं २)

३. कार्यालय प्रमुखबाट निर्णय तथा  सदर - कार्यालय प्रमुख कक्ष (कोठा न‌ं १) 

४. कम्प्युटर शाखा- नागरिकता entry/प्रविष्ट गर्ने  तथा प्रिन्ट गर्ने 

५. अभिलेख तयार - सम्बन्धित शाखाबाट(कोठा नं २)

६. कार्यालय प्रमुखबाट प्रमाणित - कार्यालय प्रमुख कक्ष (कोठा न‌ं १) 

७. छाप तथा होलोग्राम - सम्बन्धित शाखाबाट(कोठा नं २)

 

नागरिकता सम्बन्धी केही जिज्ञासा र समाधान हेर्नुहोस् 

https://www.moha.gov.np/page/citizenship-10

पछिल्लो अपडेट गरिएको : 2083-05-02 13:54:04

© सर्वाधिकार सुरक्षित ईलाका प्रशासन कार्यालय चैनपुर,संखुवासभा