नागरिकता प्रतिलिपी
शुल्क
रु. १५।- को हुलाक टिकट ।
लाग्ने समय
प्रक्रिया पुगेर आएको भए सोही दिन ।
कागजातहरु
नागरिकताको प्रतिलिपी लिन पेश गर्नुपर्ने :(सामन्य अवस्था)
- वडा कार्यालयको अनुसूची सिफारिस
- नागरिकताको प्रमाण
- आवश्यक परेमा वडा सर्जमिन, प्रहरी सर्जमिन वा किटानी सिफारिस/प्रमाणित
पतिको नाम, थर , वतन कायम गरी प्रतिलिपी लिन थप संलग्न गर्नुपर्ने
- विवाह दर्ता प्रमाण-पत्र/ विवाह प्रमाणित
- किटानी सिफारिस
- सनाखत गर्ने व्यक्ति र नागरिकता प्रमाण पत्र
पतिको नाम, थर , वतन हटाई प्रतिलिपी लिन थप संलग्न गर्नुपर्ने
- अदालतको फैसला
- सम्बन्ध विच्छेदको प्रमाणपत्र
- सनाखत गर्ने व्यक्ति र नागरिकता प्रमाण पत्र
पहिलो पतिको नाम, थर , वतन हटाई दोस्रो पतिको नाम, थर , वतन कायम गरी प्रतिलिपी लिन थप संलग्न गर्नुपर्ने
- पहिलो पति सँगको सम्बन्ध विच्छेद भएको अदालतको फैसला
- सम्बन्ध विच्छेदको प्रमाणपत्र
- दोस्रो पतिसँगको विवाह दर्ता प्रमाण-पत्र
- पतिको नागरिकता प्रमाण पत्र
- सनाखत गर्ने व्यक्ति र नागरिकता प्रमाण पत्र
प्रक्रियाहरु
- शाखाबाट कागजात रुजु, निर्णय तथा टिप्पणि तयार गरी पेश गर्ने ( अन्तर जिल्ला नागरिकता भए अभिलेख रुजु हुनुपर्ने)
- कार्यालय प्रमुखबाट निर्णय तथा सदर - कोठा नं १
- अभिलेखमा जनाउने / अभिलेख तयार गर्ने - सम्बन्धित शाखाबाट(कोठा नं ३)
- कम्प्युटर शाखा- नागरिकता प्रिन्ट गर्ने/ छाप्ने
- कार्यालय प्रमुखबाट प्रमाणित - कोठा नं १
- छाप तथा होलोग्राम - कोठा नं २
