राष्ट्रिय परिचयपत्र (कार्ड वितरण, प्रतिलिपी र गुनासो)
शुल्क
- बनेको कार्ड लिन कुनै शुल्क नलाग्ने ।
- कार्डको प्रतिलिपी लिनुपर्ने भए रु.५००/- रुपैयाँ दस्तुर बुझाएको बैंक भौचर पेश गर्नुपर्ने ।
लाग्ने समय
१ घण्टा भित्र/ भिडभाड भए सोही दिन ।
कागजातहरु
- पहिले परिचयपत्र बनाउँदा दिएको फोटो सहितको भर्पाइ
- सक्कलै नागरिकता
प्रक्रियाहरु
- सम्बन्धित व्यक्ति उपस्थित भइ Biometric गराइ कार्ड प्राप्त गर्न सकिने ।
- वितरणको अभिलेख तयार गरि कार्ड बुझिलिनेको हस्ताक्षर गराउने ।
